काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर गर्ने क्रममा सरकारले पर्याप्त ध्यान पुर्याउन नसकेको बताएका छन् ।
चीन भ्रमणबाट स्वदेश फर्किएपछि शनिवार त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै खनालले बीआरआइका बारेमा पहिले नै अध्ययन गर्नुपर्नेमा चीन पुगेपछि अलमलका साथ सरकारले बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर गरेको बताए ।
उनले बीआरआई फ्रेमवकमा हस्ताक्षर गर्नैपर्ने भए पनि त्यसअघि सरकारले नाटक देखाएको टिप्पणी गरे । खनालले अन्ततः बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर भएकोप्रति खुसी व्यक्त गरे । छिमेकी देशहरूसँग राम्रो सम्बन्ध बनाउन नसक्नेले अन्य देशहरूसँग पनि राम्रो सम्बन्ध बनाउन नसक्ने उनले बताए ।
उनले बीआरआई नेपालको हितमा रहेको दोहोर्याए । खनालले चीनबाट नेपालमा सडक माध्यमबाट सामान ल्याउँदा धेरै कष्ट बेहोर्नुपरेको भन्दै पारवहनका विषयमा सरकारले चीनसँग आवश्यक छलफल अघि बढाउनुपर्ने जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ मंसिर २०८१, १३ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चिनियाँ उपप्रधानमन्त्री र झलनाथ खनालबिच छलफल
पूर्वप्रधानमन्त्री खनाल चीन प्रस्थान
समाजवादी शक्तिको उदयले साम्राज्यवादी शक्तिहरू आतङ्कित भएका छन् : नेता खनाल
वैचारिक र सैद्धान्तिक रूपमा सहमत भए माओवादीसँग एकता हुनसक्छ : नेता खनाल
एमालेले दलाल पुँजीवादसँग अँगालो मार्यो: झलनाथ खनाल
सकेसम्म सहमतिमै नेतृत्व चयन : झलनाथ खनाल