पूर्वप्रधानमन्त्री खनाल चीन प्रस्थान

सफल खबर संवाददाता

शनिबार, १५ मंसिर २०८१, १४ : २१
पूर्वप्रधानमन्त्री खनाल चीन प्रस्थान

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेपाल नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल चीनको ग्वान्जाओमा आयोजना हुने विश्व सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग सङ्क्षिप्त कुरा गर्दै उनले चीन सरकारले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) परियोजना स्वीकार गर्नुपर्ने बताए ।

उनले भने, 'नेपालले आफ्नो आवश्यकता र हितलाई दृष्टिगत गरी बीआरआई स्वीकार गर्नुपर्छ । नेपाल र चीनबीचको सम्बन्धलाई अझ सुमधुर बनाउनुपर्छ । बीआरआईमार्फत हामीले ऋण र अनुदान लिन सक्छौँ । हामीले राष्ट्रहितमा  निर्णय गर्नुपर्छ ।'

 

 

 

 

प्रतिक्रिया दिनुहोस