काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेलाई संसदीय समितिको छानबिन समितिमा अबको बहस गर्ने चेतावनी दिएका छन ।प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री शर्माले सहकारी प्रकरणमा गृहमन्त्रीमाथि संसदीय छानबिन समितिको विकल्प नरहेको बताएका हुन् ।
सहकारी ठगिमा रास्वपाका अन्य नेताहरुपनि संलग्न भएको विषय बाहिर आएको बताउदै आम जनताको ८० करोड रकम हिनाबिना गरिएको बताए ।साथै महामन्त्री शर्माले जीबी राईलाई नेपाल ल्याउन ढिलाई गरेको आरोप लगाएका छन् । उनले राई गृहमन्त्रीको सम्पर्कमा रहेको समेत दाबी गरेका छन् ।
उनले भने- 'राई मलेसियामा छन् दुनियाँलाई थाहा छ । मलेसियाको कानून पनि हेर्नुहोला । जीवी राईलाई ल्याउने कुरामा के कुराले ढिलाइ भयो। मैले आरोप लगायो नभनौं तर हामीले पाएको सूचना अनुसार उहाँ गृहमन्त्रीको सम्पर्कमा हुनुहुन्छ ।'
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ चैत्र २०८०, १२ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षकलाई जस्तै निजामती कर्मचारीलाई पनि सडकमै पुग्ने वातावरण नबनाऔँ: विश्वप्रकाश शर्मा
प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाउन ढिलाइ गरे : विश्वप्रकाश शर्मा
मैले र गगनले कुलमान हटाउन हुँदैन भनेका थियौं: विश्वप्रकाश शर्मा
संविधान संशोधन ०८७ मा हुन्छ भन्ने ओलीको भनाइमा विश्वप्रकाशले जनाए आपत्ति
लोकप्रिय मत ल्याउने पार्टीबाट पाँच वर्षसम्म प्रधानमन्त्री बन्नेगरी संविधान संशोधन गराैँ : महामन्त्री शर्मा
राजनीतिभन्दा पर बसेर नायक बन्न विद्या भण्डारीलाई विश्वप्रकाशको सुझाव