हेटौंडा । बागमती प्रदेश सरकार आज पुनः विस्तार हुने भएको छ । जगन्नाथ थपलियाको नेतृत्वमा नेकपा एमाले सरकारमा जाने तय भएको हो । थपलियालाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिन लागेको जनाइएको छ ।
उनको पद तथा गोपनीयताको सपथ आज साँझ ५ बजे हुनेछ । एमालेका थपलिया दोस्रो पटक मन्त्री बन्न लागेका हुन् । यसअघि २६ पुस २०७९ मा पनि आर्थिक मामिला मन्त्री बनेका थिए ।
बागमतीमा रिक्त ६ वटा मन्त्रालयमा चैत्र १५ हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य संस्कृति, पर्यटन तथा सहकारीमन्त्री भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ चैत्र २०८०, ११ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेश : प्रदेश मामिला समितिको सभापतिमा लामा चयन
बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै
रमा आले मगरलाई खेलकुद मन्त्रालयको जिम्मेवारी
बागमती प्रदेश सभाको बजेट अधिवेशन ३१ गते आह्वान गर्न सिफारिस
बागमतीमा आजदेखि तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजको भाषा
बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा