काठमाडौँ । नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठक सुरु भएको छ । काठमाडौँमा संसदीय दलको बैठक सुरु भएको हो ।माओवादी केन्द्रका केन्द्रीय उपाध्यक्ष एवम् बागमती प्रदेश इन्चार्ज अग्निप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा प्रदेश सुशासन केन्द्र जावलाखेल ललितपुरमा बैठक सुरु हो ।
समसामयिक राजनीति, सरकारको नेतृत्व र भागबन्डामा विषयमा बैठकले रणनीति तयार गर्ने जनाइएको छ । बैठकमा विगतमा सरकारले गरेका काम, संसदीय दलको भूमिकाका विषयमा सांसदहरूले धारणा राख्ने कार्य योजना रहेको छ ।
बैठकमा संसदीय दलको नेता एवम् प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, मुख्यमन्त्री जम्कट्टेलका राजनीतिक सल्लाहकार डिपी ढकाल, प्रदेशका आन्तरिक मामिला मन्त्री एवम् नेपाल समाजवादी पार्टीका नेता गङ्गानारायण श्रेष्ठ, नेकपा माओवादी केन्द्र बागमती प्रदेश अध्यक्ष एवम् प्रदेश सांसद सरल सहयात्रीसहित सांसदहरूको उपस्थिति रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ चैत्र २०८०, १३ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेश सरकारद्वारा अनुसन्धान वृत्तिको लागि प्रस्ताव आव्हान, उत्कृष्ट १० लाई प्रति शोधपत्र एक लाख
माघ १८ गते प्रदेश सभा बैठक आह्वान गर्ने निर्णय
नवीकरण नहुँदा बागमती प्रदेशका स्वास्थ्य संस्था सुविधाबाट वञ्चित
बागमती प्रदेश प्रवेश गर्ने नाकामा सुरक्षा पोस्ट राख्ने तयारी
बागमतीका १२ अस्पतालमा कांग्रेस-एमालेको भागबन्डा, मन्त्रीका श्रीमानले समेत पाए नियुक्ति
शैक्षिक पाठ्यक्रम समयानुकूल परिमार्जन गर्नुपर्छ : मुख्यमन्त्री लामा