काठमाडौ । नेपाल आयल निगमले आजदेखि पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलको मूल्यमा प्रतिलिटर रु एक र डिजेल तथा मट्टिेलको मूल्यमा प्रतिलिटर रु दुई घटाएको हो ।
निगमले पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर एक सय ६८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि रु एक सय ७० र तेस्रो वर्गका लागि रु एक सय ७१ तोकेको छ ।
यस्तै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५५ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि रु एक सय ५७ र तेस्रो वर्गका लागि रु एक सय ५८ कायम भएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।
पहिलो वर्गअन्तर्गत चारआली, विराटगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायल रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ चैत्र २०८०, ०८ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पेट्रोल र डिजेलको मूल्य बढ्यो
वीरगन्ज नाकाबाट घट्यो डिजेल आयात
बढ्यो डिजेल र मट्टितेलको मूल्य
पेट्रोलियम पदार्थको मूल्य घट्यो
आजदेखि पेट्रोल र डिजेलको नयाँ मूल्य कार्यान्वयनमा
आजदेखि बढ्यो डिजेल र पेट्रोलको मूल्य