काठमाडौँ । नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माले मुलुकको विश्वासको खडेरी रहेको बताएका छन् । बुधवार संसदमा प्रधानमन्त्रीले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि बोल्दै महामन्त्री शर्माले विश्वास धरापमा रहेको बताए ।
‘सम्माननीय प्रधानमन्त्रीजी विश्वासको मतका लागि अपिल गर्नुभएको छ । राज्यको नेतृत्वप्रति रोटी, सुरक्षा र विश्वास नागरिकको अपेक्षामा हुन्छ । दुई वटा मात्र भए के भन्दा सुरक्षा र विश्वास राज्यले व्यवस्था गर् यो भने रोटीको प्रबन्ध नागरिकले आफैँले गर्छ । राज्यले केबल विश्वास मात्र दियो भने सुरक्षा र रोटीको व्यवस्था आफैँले गर्छ ,’ उनी भन्छन् ।
आज हाम्रो देशमा सबैभन्दा धरापमा यही विश्वास रहेको उनको भनाइ छ । ‘प्रशासनमा गएको नागरिक प्रशासकप्रति विश्वस्त भएर जाँदैन । केही आशङ्का बोकेर जान्छ । अस्पताल जाँदै गरेको नागरिक डाक्डरप्रति विश्वास नगरेर गइरहेको देखिन्छ । नागरिकलाई सबैप्रति विश्वास छैन,’ उनले भने ।
विश्वासको खडेरी परेका बेला वर्षमा तीनपटक प्रधानमन्त्रीले विश्वासको मत लिन संसदमा उभिँदा अचम्म लागेको बताए ।‘वर्षमा तीन पटक पाउनुहुन्छ । प्राप्त पनि गर्नुहुन्छ । जबकि यो देशमा सबैभन्दा बढी खडेरी विश्वासको परेको छ,’ उनी भन्छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० फागुन २०८०, १३ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपनिर्वाचनमा कांग्रेस पहिलो पार्टी हुन्छः विश्वप्रकाश शर्मा
शान्त र संयममतापूर्वक सामान्य रुपमा चाडवाड मनाऔँ : महामन्त्री शर्मा
जग्गा दान लिएको विषयमा विश्वप्रकाशले मागे प्रधानमन्त्रीसँग जवाफ
फाइल खोलेको नक्कली कुरा गरेर रविले नहुने ‘स्टन्टमेनसीप’ देखाउन खोजे: विश्वप्रकाश शर्मा
रास्वपाबारे महामन्त्रीको कटाक्ष : सत्य बोल्दा कांग्रेसमा कसैले कारबाही भोग्नुपर्दैन
रास्वपालाई सहकारी ठगीबाट पार्टी सभापति कसरी जोगाउने भन्ने मात्रै चिन्ता छ : महामन्त्री शर्मा