काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो पार्टी सरकार बनाउने धन्दामा लाग्न नहुने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले अहिले बनेको नयाँ गठबन्धनलाई काम गर्न दिएर कांग्रेस सशक्त प्रतिपक्ष बन्नुपर्ने बताए ।
आफूहरुले सभापति शेरबहादुर देउवालाई पनि केही समय पर्खिन आग्रह गरेको उनको भनाइ छ । ‘हामीले सभापतिज्यूलाई भनेका छौं । अहिले केही समय पर्खनुस् । यो गठबन्धन जे बनेको छ, यो गठबन्धनले काम गर्ने अवसर पाओस्’, उनले भने ।
महामन्त्री शर्माले अब नागरिकले पनि कांग्रेसलाई सरकारको धन्दामा नलाग्न खबरदारी गर्नुपर्ने बताए । ‘तपाईंहरुले पनि हे कांग्रेस अहिले जनताको चाहना र भावना बमोजिम जनताका मुद्दा लिएर संसदमा खरो रुपमा उभिऊ । शिक्षा विधेयक कसैले पास गर्दैनौं भन्छ भने पर्खाल भएर उभिऊ । प्रतिपक्षको खरो भूमिका भएर उभिऊ । कसको कसको घरघरमा देउसी खेलेर नयाँ सरकार बनाउने धन्दाको क्रममा कांग्रेस नलागोस् भन्ने कुरा भन्नुपर्छ’, उनले भने ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट धोका खानेहरु एक ठाउँमा आउने वातावरण बन्न सक्ने भन्दै महामन्त्री शर्माले अहिले हतार गर्न जरुरी नभएको बताए । ‘कसको घरमा देउसी खेल्न गएको, विभिन्न दलहरुसँग गएको कुरा आउँछ । धार्नी पु¥याउनेतर्फ लागौं भन्ने पनि आउँछ’, उनले भने, ‘धोका खाने जति कुनै दिन एक ठाउँमा आए बाँकी व्यवस्था आफैं हुन्छ, त्यसका लागि अहिले हतार गर्न जरुरी छैन ।’
उनले कांग्रेसका मन्त्रीहरुलाई प्रधानमन्त्रीले एक वर्षको समय पनि नदिएको बताए । ‘एउटा मन्त्रीले शपथग्रहण गरेपछि एक वर्षको समय पनि नपाउने ? कांग्रेसको कुन मन्त्रीजीको एक वर्ष पुगेको थियो ? प्रधानमन्त्रीको त एक वर्ष पुगिसकेको अवस्था थियो । कम्तीमा मन्त्रीहरुको पनि समीक्षा गरेर एउटा निश्चित समयमा विकल्प गर्न सकिन्छ भनेको थियौं । तर प्रधानमन्त्रीज्यूले त्यसमा हतारो गर्नुभयो’, महामन्त्री शर्माले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ फागुन २०८०, १५ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संविधान संशोधन ०८७ मा हुन्छ भन्ने ओलीको भनाइमा विश्वप्रकाशले जनाए आपत्ति
लोकप्रिय मत ल्याउने पार्टीबाट पाँच वर्षसम्म प्रधानमन्त्री बन्नेगरी संविधान संशोधन गराैँ : महामन्त्री शर्मा
राजनीतिभन्दा पर बसेर नायक बन्न विद्या भण्डारीलाई विश्वप्रकाशको सुझाव
काँग्रेसलाई कसैले दबाउन खोजे आफैँ समाप्त हुन्छ : विश्वप्रकाश शर्मा
उपचुनावमा काँग्रेस पहिलो पार्टीको रूपमा प्रकट हुने विश्वप्रकाशको दाबी
उपनिर्वाचनको कमाण्ड विश्वप्रकाशले सम्हाल्ने