काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकारलाई जनताले भेट्न सक्नुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।यही फागुन १८ गते बसेको प्रतिनिधि सभाको बैठकमा एमालेले प्रधानमन्त्री हराएको भनी व्यङ्ग्य गरेको थियो । यसबीचमा एमाले सरकारमा सहभागी भएको छ ।
यसप्रति व्यङ्ग्य गर्दै कांग्रेस सांसद खतिवडाले भने, ‘सर्वप्रथमत हराएको प्रधानमन्त्री भेट्ने अवसर प्राप्त गर्नुभयो । हराएको प्रधानमन्त्री भेटनुभएकोमा सबैलाई हार्दिक बधाइ दिन चाहन्छु । अब सरकारलाई जनताले भेटोस्, सहकारी पीडितहरुले न्याय पाउन् । सहकारी ठगहरुले कारबाही पाउन् । मिटरब्याजीले न्याय पाउन् । लघुवित्त पीडितहरुले न्याय पाउन् ।’
खतिवडा अगाडि बोलेका एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नयाँ सरकारलाई काँध फेर्ने छुट नरहेको बताएका थिए । त्यसप्रति संकेत गर्दै खतिवडाले भने, ‘काँध फेर्ने कुरा आयो । काँध नफेरेर प्रधानमन्त्रीजी खुट्टा फेर्न तयार हुनुभयो भने खुट्टा फेरिरहनुहोस् शुभकामना ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ फागुन २०८०, १३ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विधेयक संशोधनमा प्रधानमन्त्रीको हस्तक्षेप छैन : सभापति खतिवडा
सांसद खतिवडाको प्रश्न- पूर्वराष्ट्रपतिले पार्टीको सदस्यता नवीकरण गरे सरकारी सुविधा लिन मिल्छ ?
घाटामा प्रस्तुत गर्ने बजेटले देशको विकास र समृद्धि हुन सक्दैन: सांसद खतिवडा
संवैधानिक पदाधिकारीको नियुक्ति योग्यताको आधारमा हुनुपर्छ : रामहरि खतिवडा
गृहमन्त्रीले हुकुमी शासन गर्न लागे : रामहरि खतिवडा
नयाँ जहाज खरिदमा १८ करोड कमिसनको खेल सुरु भएको छ : रामहरि खतिवडा