काठमाडौं । भक्तपुरमा बसले ठक्कर दिएको पैदलयात्रीको उपचारको क्रममा मृत्यु भएको छ । मंगलबार च्याम्हासिंह चोकमा बा.३ ख ६४०६ नम्बरको बसको ठक्करबाट ८५ वर्षीय विष्णुभक्त प्रजापति घाइते भएका थिए ।
प्रजापतिको उपचारको क्रममा गएराति वि.एण्ड.वि अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी वसन्त पाठकले बताए । जगातीबाट लिवालीतर्फ जाँदै गरेको बसले उनलाई ठक्कर दिएको हाो ।
बस चालक काभ्रेको नमोबुद्ध घर भएका २३ वर्षीय राजन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे प्रहरी वृत जगातीले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ फागुन २०८०, १० : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इनार खन्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु
भक्तपुरकाे कोरियामैत्री अस्पतालमा व्लड बैंक स्थापना हुने
भक्तपुरमा नेपाल प्रहरीका सई मृत फेला
भक्तपुरका किसानलाई धान भित्र्याउन चटारो
भक्तपुरको सुधारगृहबाट १ सय ५० भन्दा बढी बालबालिका भागे
भक्तपुरको बालसुधार गृहमा गोली चल्यो, तीनजना घाइते