काठमाडौं । ‘नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको श्रोत’ भन्दै नयाँ वर्ष २०८२ र प्रसिद्ध विस्काः जात्राको अवसरमा भक्तपुरमा महोत्सव हुने भएको छ ।
पत्रकार सम्मेलन गर्दै भक्तपुरको सल्लाघारीको तीनकुनेस्थित चौरमा यहीँ चैत २८ गतेदेखि २०८२ वैशाख ७ गतेसम्म महोत्सव सञ्चालन हुने औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिएका छन् ।
नवौं भक्तपुर औद्योगिक सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८१/०८२ भक्तपुरमा ११ दिनसम्म सञ्चालन हुनेछ ।महोत्सवमा दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्रीहरू, खाद्यान्नका सामाग्रीहरू, भाडाकुडाको साथै विभिन्न प्रकारका लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामाग्रीहरू हुनेछन् अध्यक्ष महतले भने ।
औद्योगिक उत्पादनको प्रदर्शनी, सूचना तथा विज्ञान प्रविधिको प्रदर्शनी, अटो मोबाइल प्रदर्शनी, आधुनिक कृषि औजार प्रदर्शनी तथा बिक्री हुनेछ । मोबाइल तथा इलेकट्रोनिक्स सामानको व्यापार तथा प्रदर्शनी एवं बिक्रीका लागि स्टलहरु रहनेछ ।
महोत्सवका संयोजक दीपक थापाका अनुसार महोत्सव स्थलमा स्थानीय हस्तकला, कृषि उत्पादनलाई समेत समावेश गर्ने तयारी आयोजनाको रहेको छ । महोत्सवमा साना बालबालिकाहरुकोलागि बाल उद्यान, ड्रागन ब्रेक डान्स, नाउ तथा विभिन्न प्रकारका बच्चाको खेलौना स्थलहरु साथमा रोटे पिङ्ग, रेनजर, मारुती सर्कस समेत सञ्चालन हुनेछ, संयोजक थापाले पत्रकार सम्मेलनमा भने ।
पर्यटकीय गतिविधि, स्थानीय खाना महोत्सवका साथै दैनिक रुपमा राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुती हुनेछ । राष्ट्रिय स्तरका कलाकारहरूको हाँस्य व्यङ्ग्य तथा फेशन र्याप तथा नृत्यहरु, नृत्य प्रतियोगिताले महोत्सव थप आकर्षण बन्ने आयोजकले विश्वास लिएको छ ।
मेलामा बिक्री गरिने सामानहरुमा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको र महोत्सवमा १ सय ५० स्टल रहने संस्थाका कोषाध्यक्ष प्रीतम मल्लले जानकारी दिए ।
मल्लका अनुसार करिब पाँच लाख भन्दा बढी उपभोक्ताले महोत्सव अवलोकन गर्ने महोत्सवलाई व्यवस्थित गर्न रु. ५० र रु. ८० प्रवेश शुल्कको व्यवस्था गरिएको छ । यद्यपि विद्यार्थी ५० प्रतिशत र ज्येष्ठ नागरिकलाई शतप्रतिशत छुटको व्यवस्था गरिएको उनले बताए । साथै वैशाख १३ गते सोही स्थानमा चर्चित गायक गायिकाहरूको प्रस्तुति रहने भक्तपुर सांगीतिक साँझ–२०८२ को समेत आयोजना गर्न लागेका संस्थाले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ चैत्र २०८१, १५ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१७ जिल्लामा सीडीओ फेरिए, को कहाँ पुगे ?
भक्तपुरको गठठाघर तनावग्रस्त
इनार खन्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु