कास्की । पोखरा महानगरपालिकाले उत्पादन लागतमा नोक्सानी व्यहोरेका १६ कृषि फार्मलाई न्यूनतम समर्थन मूल्य प्रदान गरेको छ । महानगरपालिकाले विभिन्न ३५ प्रकारका कृषि उपजको समर्थन मूल्य तोकेको छ । पोखरामा बुधबार आयोजित कार्यक्रममा महानगर प्रमुख धनराज आचार्यले किसानलाई रकम प्रदान गरे ।
महानगरले ६० हजार चार सय ४१ केजी च्याउ, २५ हजार चार सय १७ केजी गोलभेँडा, नौ हजार पाँच सय २० केजी सिमी र दुई सय ९१ केजी कोदो गरी ९५ हजार छ सय ६९ केजी कृषि उपजको रु २६ लाख ७९ हजार सात सय ६१ समर्थन मूल्य प्रदान गरेको हो ।
पोखरा महानगरपालिकाभित्र उत्पादन भएका तर तोकिएको मूल्य नपाएका किसानलाई प्रोत्साहनका लागि समर्थन मूल्य प्रदान गरिएको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले बताए । उनका अनुसार बाहिरबाट आउने उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्दा किसान विस्थापित हुँदै गएकाले त्यसलाई रोक्न महानगरले ३५ कृषि उपजको समर्थन मूल्य तोकेको उल्लेख गरे।
यदि किसानले आफ्ना उत्पादन समर्थन मूल्यभन्दा कममा बेच्नुपरेमा महानगरले बाँकी रकम किसानलाई दिन्छ । न्यूनतम समर्थन मूल्य तोकिएका बालीको दाबी गर्नका लागि किसानले आफूले लगाएको बालीको नाम, जात र क्षेत्रफल अग्रिमरूपमा दर्ता गर्नुपर्छ । न्यूनतम समर्थन मूल्य प्राप्त गर्ने किसानमा चिसापानी च्याउ फार्म पोखरा–२२ का सन्दीपबहादुर क्षेत्रीले समर्थन मूल्यबापत ११ हजार एक सय ६६ केजी च्याउको रु चार लाख ८५ हजार नौ सय ४० प्राप्त गरे ।
भुर्जङ्खोला च्याउ फार्म पोखरा–१९ का सुष्मा सुनार गहतराजले सात हजार पाँच सय ६० केजी च्याउको रु तीन लाख ६२ हजार नौ सय २०, शोभा अग्र्यानिक मल्टिएग्रो फार्म पोखरा–२६ का मुकुन्द खड्काले नौ हजार सात सय १४ केजी च्याउको रु तीन लाख १७ हजार ४४, ग्रिन लाइम मसरुम फार्म पोखरा–२४ का चोविन्द्रबहादुर कुँवरले रु तीन लाख एक हजार सात सय ४० पाए ।
यसैगरी सुवेदी च्याउ तथा तरकारी फार्म पोखरा–३३ का प्रताप सुवेदीले नौ हजार एक सय १३ केजी च्याउको रु तीन लाख आठ सय २२, काँहु सिस्नेरी एग्रो फार्म पोखरा–११ का ध्रुवबहादुर थापाले पाँच हजार दुई सय २५ केजी च्याउको रु एक लाख ७४ हजार दुई सय २६, भोर्लेटार च्याउ उद्योग पोखरा–३२ का मनोरञ्जन पौडेलले छ हजार दुई सय तीन केजी च्याउको रु एक लाख ६८ हजार सात सय छ पाए ।
अधिकारी अग्र्यानिक च्याउ फार्म पोखरा–१४ का मीना अधिकारीले दुई हजार सात सय २४ केजी च्याउको रु ८३ हजार चार सय ४४ र विमु अधिकारी च्याउ फार्म पोखरा–१४ का हरिमाया अधिकारीले एक हजार दुई सय ५६ केजी च्याउको रु ४९ हजार छ सय महानगरबाट समर्थन मूल्य प्राप्त गरे ।
यसैगरी एसके कँडेल कृषि फार्म पोखरा–२८ का सन्तोष कँडेलले तीन हजार नौ सय ५० केजी सिमीको रु ६९ हजार नौ सय ५०, पोखरा कुखुरा तथा कृषि फार्मका रिलेस बस्यालले तीन हजार छ सय ७० केजी सिमीको रु ६२ हजार आठ सय ९०, राति पोखरी कृषि फार्म पोखरा–२२ का अग्निमाया बरालले आठ सय २५ केजी सिमीको र एक हजार सात सय ५४ केजी गोलभेँडाको रु ३५ हजार चार सय २१, निलम कृषि फार्म पोखरा–१४ का यामबहादुर घर्तीले दुई हजार ६७ केजी गोलभेँडाको रु २३ हजार चार सय ७५ बुझे ।
रोशन एण्ड रोहित कृषि फार्म पोखरा–१४ का रमेश खनालले २१ हजार तीन सय १४ केजी गोलभेँडाको रु दुई लाख १९ हजार तीन सय २९, पोखरा हिमाल कृषि फार्म पोखरा–१४ का बुद्ध गुरुङले एक हजार ७५ केजी सिमी र दुई सय ८२ केजी गोलभेँडाको रु १५ हजार पाँच सय २४ र हरियाली कृषि फार्म पोखरा–३३ का शुकदेव सुवेदीले दुई सय ९१ केजी कोदोको रु आठ हजार सात सय ३० पाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ फागुन २०८०, ०९ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
करार कर्मचारीलाई कात्तिकको तलब दिएर बिदा गर्ने पोखरा महानगरको निर्णय
पोखरा महानगरमा सवा २ लाख बिरुवा रोपिने, अध्ययन समितिले दियो प्रतिवेदन
ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा
सरकारी जग्गा मिचेर बनेका संरचनामा पोखरा महानगरले चलायो डोजर
बाँदर नियन्त्रण गर्न रुख काट्ने वडाको अभियानमा महानगरको रोक