काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी नयाँ गठबन्धनमा सामेल नहुने स्पष्ट पारेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसको साथ छाड्दै नेकपा एमालेसहितको नयाँ गठबन्धन बनाएपछि राप्रपाले के गर्छ भन्ने सर्वत्र चासो रहेको छ ।
यसअघि पुस १० मा बनेको एमालेसहितको गठबन्धनमा भने राप्रपा सामेल भएको थियो । लिङ्देनले भने, ‘राप्रपा वर्तमान सत्ता केन्द्रित चलखेलमा सामेल छैन र हुँदैन।
वर्तमान समस्याको समाधान सरकार परिवर्तन होइन अवस्था परिवर्तन हो। र, मुलुकको यो अवस्थामा परिवर्तनका लागि वर्तमान भ्रष्ट व्यवस्थाको अन्त्य अहिलेको आवश्यकता हो। राप्रपा अहिले यही बाटोमा छ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ फागुन २०८०, १२ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रदर्शन गर्न पाउने स्वाभाविक अधिकार खुम्च्याउन खोजियो : लिङ्देन
हामी जे गर्छौं भनेरै गर्छौं,सरकार नडराए हुन्छः अध्यक्ष लिङ्देन
उडिसा घटनाले देशको अवस्था ठिक नभएको प्रमाणित भयो : राजेन्द्र लिङ्देन
नयाँ भनिएका दल पनि भ्रष्टाचार गर्न पाउनुपर्छ भन्ने विन्दुमा पुगे: लिङ्देन
विपदको क्षति न्युन गर्न सरकार चुक्यो: राजेन्द्र लिङ्देन
राप्रपा अध्यक्ष लिङ्देन अष्ट्रेलिया प्रस्थान