काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले लेनदेनमा आधारित गठबन्धन लामो समयसम्म चल्न नसक्ने दाबी गरेका छन्।
धनुषाको महेन्द्रनगरमा जारी राष्ट्रिय महिला हक्की प्रतियोगिताको समापन कार्यक्रममा सहभागी हुन पुगेका उपाध्यक्ष पौडेलले वर्तमान गठबन्धन कुनै उद्देश्य, सिद्धान्त र आदर्शमा आधारित नभई स्वार्थ र लेनदेनमा आधारित रहेको बताएका हुन्।
स्वार्थ र लेनदेनमा आधारित गठबन्धन लामो समयसम्म चल्न नसक्ने उनको भनाइ छ। हामी के चाहन्छौँ भने देशलाई स्थिरता, विकास र समृद्धितर्फ लिएर लग्नको लागि राष्ट्रको सम्मान र स्वाभिमानको लागि यो गठबन्धन टुट्नुपर्छ र त्यसलाई अगाडि बढाउन नयाँ आधार तयार हुनुपर्छ, ‘ उपाध्यक्ष पौडेलले भने।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० फागुन २०८०, १२ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थमन्त्री पौडेललाई आज डिस्चार्ज गरिने
अब निर्माण व्यवसायीको बिल रोकिँदैन : अर्थमन्त्री पौडेल
एमाले महाधिवेशनमा अध्यक्ष पदमा निर्वाचन हुने कुनै सम्भावना छैन : विष्णु पौडेल
अस्पताल निर्माणको जनस्तरबाट निगरानी होस् : अर्थमन्त्री पौडेल
आठौँ पटक मन्त्री र पाँचौँ पटक अर्थमन्त्री बने विष्णु पौडेल
विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बन्ने निश्चित