जलेश्वर (महोत्तरी) । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देशको विकास र समृद्धिका लागि एमाले नेतृत्वको सरकारको विकल्प नरहेको बताएका छन् ।
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित एमाले पार्टी कार्यालयमा आज बिहान पत्रकार सम्मेलन गर्दै महासचिव पोखरेलले वर्तमान सरकारको कार्यकालमा देशमा विकासको काम ठप्प भएर विकास र समृद्धिको यात्रा रोकिएको र जनतामा निराशा छाएको आरोप लगाए ।
महासचिव पोखरेलले नेपाली जनतामा छाएको निराशा, भ्रष्टाचारबाट मुक्ति र देशको विकास र समृद्धिका लागि देशमा बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको उल्लेख गर्दै सोही कारण एमालेले मिसन २०८४ ल्याएको बताए।
उनले मिसन २०८४ अन्तर्गत एमालेलाई राष्ट्रकै बलियो पार्टी बनाएर प्रत्येक प्रदेशमा समेत एमालेको नेतृत्वमा सरकार बनाउन लागिपर्न जनतासँग आग्रह गरे। पत्रकार सम्मेलनमा पार्टीका जिल्ला अध्यक्ष बलिराम यादवको समेत उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ फागुन २०८०, ११ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुलुकको विकासलाई सर्वोपरि मानेर सरकारले काम गरिरहेको छ: महासचिव पोखरेल
सरकार परिवर्तन गर्न अनेक षड्यन्त्र भइरहेका छन् : शङ्कर पोखरेल