रौतहट । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले कुन्दन कुशवाहा र रामप्रीत रामलाई कारबाही गरेको छ । पार्टी विधान, नीति तथा कार्यक्रमका विरुद्धमा लागेका भन्दै कुशवाहा र रामलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको हो।
आजपा उपमहासचिव एवं प्रवक्ता चन्द्रभूषण साहले एक विज्ञप्ति जारी गर्दै उनीहरूलाई पार्टीबाट निष्कासन गरिएको जानकारी दिएका छन् । राम आजपाको उपाध्यक्षको जिम्मेवारी रहेका थिए भने पूर्व प्रदेश सांसद कुशवाहा पार्टीको उपमहासचिवको जिम्मेवारीमा रहेका थिए।
‘हाम्रो गौरवशाली पार्टी आम जनता पार्टीले स्थापना कालदेखि नै जनपक्षीय मुद्दाहरूमा एकपछि अर्को सफलता हासिल गर्दै आम जनतामा ठुलो आत्मविश्वास एवं आशा जागृत गरिरहेको सन्दर्भमा देशी तथा विदेशी प्रतिक्रियावादी शक्तिहरूले हामीमाथि निरन्तर हमला गरिरहेको विषय जगजाहेर नै छ ।
यसै बिच पार्टी निर्माणको गतिलाई अवरोध तथा आन्दोलनलाई घात पुग्ने गरी प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा पार्टी विरोधी अवाञ्छित गतिविधिहरूमा संलग्न रहेको विषय पुष्टि भएकोले रामप्रीत राम र कुन्दन कुशवाहालाई पार्टीबाट निष्कासन गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ फागुन २०८०, ०९ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजपाले चैत २४ गते काठमाडौँमा प्रदर्शन गर्ने
एनसेलबारे मन्त्रिपरिषद्को निर्णयमा आजपाको आपत्ति
आजपाले बोलायो केन्द्रीय समिति बैठक
आजपाद्वारा भन्सार कानुनविरुद्ध चौथो चरणको आन्दोलन सुरु
आजपा र समाजवादी जनएकता पार्टीबीच एकीकरण
भन्सार कानुनमा रहेको ४५ प्रतिशत पुरस्कारको प्रावधान हटाउन आजपाको माग