आजपाले बोलायो केन्द्रीय समिति बैठक

सफल खबर संवाददाता

सोमबार, १० भदौ २०८१, ०८ : २१
आजपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौ । आम जनता पार्टी (आजपा) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा मंगलबार र बुधबार केन्द्रीय कमिटीको बैठक बोलाइएको अध्यक्ष प्रभु साहले जानकारी दिए । 

भ्रष्टाचार, बेथिति एवं दलिय अत्याचारविरुद्ध तेस्रो जनआन्दोलनको रणनीति तयार गर्न तथा विगतमा पार्टीले गर्दै आएको संघर्षको गम्भीर समिक्षा सहित आन्दोलन केन्द्रित कार्यविभाजन गर्न बैठक बोलाईएको उनले बताए । 

आजपाले अब हुने तेस्रो जनआन्दोलनबाट आम जनताको शासन व्यवस्थामा सहभागिताको सुनिश्चित हुने दाबी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस