चितवन । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिलेको गठबन्धनमा कुनै समस्या नभएको बताएका छन् । चितवन बिहीबार पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष नेपालले भने, “गठबन्धनमा त्यस्तो कुनै प्रश्न खडा भएको छैन । गठबन्धन धर्मराएको पनि छैन । बलियो जगमा उभिएको छ ।”
धेरै राजनीतिक दल गठबन्धनमा रहेकाले सामान्य आउने उल्लेख गर्दै अध्यक्ष नेपालले ती समस्याको समाधान खोजिने बताए । देखिएका समस्याको छलफलबाट उपाय निकालिने उनको भनाइ थियो ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र आफ्नो पार्टीको बैठक बसेको तथा बिचारहरु आएको उल्लेख गर्दै उनले बिचारको आधारमा कुन ढङ्गले अघि बढ्छन् त्यो हेर्न बाँकी रहेको बताए । गठबन्धनमा देखिएका दरारलाई समाधान गर्दै अघि बढ्ने अध्यक्ष नेपालको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १७ फागुन २०८०, २१ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागु औषध दुर्व्यसनविरुद्ध युवा जाग्नुपर्छ : अध्यक्ष नेपाल
कैलाश सिरोहिया पक्राउको कुरा सुनेर अचम्मित भएको छु : माधव नेपाल
महिलाका संवैधानिक अधिकार सुनिश्चित गर्नुपर्ने : अध्यक्ष नेपाल