काठमाडौँ। न्याय परिषद्ले उच्च अदालतका न्यायाधीश नवराज थपलिया र जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई बर्खास्तको सिफारिस गरेको छ । अर्का जिल्ला न्यायाधीश राजकुमार कोइरालालाई सचेत गराउने निर्णय गरेको छ ।
आइतबारको न्यायपरिषद बैठकले कार्यक्षमता र आचरणमा प्रश्न उठाउँदै दुवै जनालाई बर्खास्त गर्न सिफारिस गरेको हो । न्यायपरिषदको सिफारिस कार्यान्वयनका लागि प्रधान न्यायाधीशको सचिवालयमा पठाइएको छ ।
हाल न्यायपरिषदमा तानिएका थपलियामाथि पदीय हैसियतको दुरुपयोग गरेको, निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको इजलासमा मुद्दाहरू मिलाउने र मोलाहिजाको काम गरेको लगायतका आरोपसहित न्यायपरिषदमा उजुरी परेको थियो ।
डेढ वर्षअघि नेपाल बार एसोसिएसनले संघीय संसदको महाभियोग सिफारिस समितिलाई बुझाएको ज्ञापन पत्रमा समेत थपलियाको विषय उल्लेख थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ फागुन २०८०, १९ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
न्याय परिषद् सदस्यमा सिफारिस खड्काविरुद्ध उजरी आह्वान
उच्च अदालतका १४ जना न्यायाधीशको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
न्याय परिषद्अघि बारको धर्ना, नियमावली खारेज नभएसम्म न्यायाधीश नियुक्त गर्न नदिने चेतावनी
न्याय सेवाका कर्मचारीको उत्प्रेरणाका लागि नियमावली संशोधन गरियो : न्याय परिषद्