काठमाडौँ । सिद्धार्थ राजमार्गमा निर्माणाधीन सुरुङमार्ग निर्माण जारी रहँदा रातको समयमा राजमार्ग बन्द हुने समय लम्बिएको छ । सिद्धबाबा सुरुङमार्ग योजना बुटवलले एक सूचना जारी गर्दै थप ५० दिन रातको समयमा राजमार्ग बन्द रहने जानकारी गराएको हो ।
यसअघि १६ पुसदेखि राजमार्ग राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द हुँदै आएको छ । यसलाई दोस्रो चरणमा विस्तार गरी २७ चैतसम्म पुर्याइएको आयोजनाले जनाएको छ ।पहिलो चरणमा ७ फागुनसम्म राजमार्ग बन्द रहने गरी निर्णय गरिएको थियो । माघे सङ्क्रान्ति पर्वलाई लक्षित गरी दुई दिन राजमार्ग २४सै घण्टा खुला गरिएको थियो ।
सुरुङमार्गको दक्षिण र उत्तरतर्फको पोर्टल, बाइपास टेल एक-दुई तथा स्लोप क्षेत्रको काम गर्दा बाटो साँघुरो हुने भएपछि आयोजनाले प्रशासनको सहयोगमा राजमार्ग बन्द गरी काम भइरहेको छ । यसबीचमा एम्बुलेन्ससहितका अत्यावश्यक क्षेत्रका सवारी साधन भने रोकिने छैनन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ फागुन २०८०, १४ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
साढे ८ सय मिटर खनियो सिद्धबाबा टनेल
सिद्धार्थ राजमार्ग भासियो