काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान गठबन्धन सरकारलाई सहयोग र प्रोत्साहन गर्नु सत्ताघटकको हिसाबले काँग्रेसको दायित्व भएको बताएका छन् । उनले काँग्रेस गठबन्धन सरकारको प्रमुख घटक रहेको भन्दै त्यो निरन्तर रहने बताएका हुन् ।
पार्टीको महासमिति बैठकको समापन गर्दै सभापति देउवाले महासमिति बैठकबाट पार्टीलाई थप अनुशासित, ऊर्जावान र एकताबद्ध बनाएर अघि बढाउने विषयमा प्रेरणा प्राप्त भएको बताए ।
‘काँग्रेस वर्तमान गठबन्धन सरकारको प्रमुख घटक हो । त्यसकारण पनि मुलुकमा सुशासन, विकास र समृद्धि ल्याउन यो सरकारलाई निरन्तर सहयोग र प्रोत्साहन गर्नु काँग्रेसको दायित्व हुन्छ,’ देउवाले भने ।
उनले पार्टीले गौरवशाली इतिहासलाई आधार बनाएर समयसापेक्ष, दूरदर्शी र जिम्मेवारीपूर्ण ढंगले व्यवहार अपनाएकै कारण साढे सात दशक लामो यात्रा तय गरिसकेको भन्दै अबका लागि थप संवेदनशील भएर अघि बढ्नुपर्ने बताए ।
उनले महासमिति बैठकबाट पारित भएका प्रस्तावहरूलाई केन्द्रीय कार्यसमितिले संशोधनसहित पारित गर्ने जानकारी गराए । ‘विभिन्न प्रस्तावहरूमाथि साथीहरूले महत्त्वपूर्ण सुझावहरू दिनुभएको छ । ती सुझावहरू समेतलाई मध्यनजर गर्दै हामी केन्द्रीय कार्यसमितिबाट निर्णय लिनेछौँ,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० फागुन २०८०, १९ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गणतान्त्रिक शासन व्यवस्था कायम रहन्छः सभापति देउवा
ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक छैनन्: शेरबहादुर देउवा
होलीमा खेलिने रङहरू जस्तै नेपाली समाज पनि विविधतापूर्ण छ : सभापति देउवा
राजाको पक्षमा कुनै माहोल छैन : शेरबहादुर देउवा
आन्दोलनरत विद्यार्थीले हटाए नेविसंघले धनगढीमा राखेका झन्डा
देउवाले बोलाए शीर्ष नेताहरूको बैठक