बागलुङ । राष्ट्रपति पौडेलले हाम्रो संस्कृति, धर्म, परम्परा, मान्यता र मुल्यहरुले समाजलाई बाँधेर राखेको र अनुशासित बनाएको बताएका छन् । बागलुङको धार्मिक तथा पर्यटकीयस्थल सर्वसिद्धिधाम पञ्चकोटमा संचालित अनन्तश्री ब्रह्माण्डीय महायज्ञमा उपस्थित भएका राष्ट्रपति उक्त कुरा बताएका हुन्।
राष्ट्रपति पौडेलले महायज्ञमा बोल्दै नेपाल तप भुमिको रुपमा रहेको बताउँदै ठूला ऋषिमुनीहरुले तपस्या गर्ने ठाउँको रुपमा चिनिने उल्लेख गरे। ‘नेपाल भूमि सबैभन्दा ठूला ऋषिमुनीहरुले तपस्या गर्ने ठाउँ हो,’ राष्ट्रपति पौडेलले भने,‘यो जमिन, यो भुमि, नदीहरु, गण्डकी, कर्णालीहरु सबै पवित्र अविरल धारा बगाइ रहेका छन् । यसले सारा जीवन सिंचित भइरहेको छ ।’
राष्ट्रपति पौडेलले महायज्ञमा आफूले अत्यन्त आह्लादित, आनन्दित र उन्मुक्त अवस्थाको अनुभव गरेको बताए । ‘पञ्चकोट प्रकृतिले सिंगारिएको ठाउँ छ । यहाँ आउँदा मन अत्यन्त आनन्दित, उन्मुत्तः अवस्थाको मैले अनुभव गरेको छु,’ उनले भने,‘प्रकृतिलाई शान्त गराउने, राष्ट्रलाई शान्ति दिने, उन्नति दिने काम महायज्ञले गर्नेछ । महायज्ञले सबैलाई पवित्र बनाउँछ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० फागुन २०८०, १२ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलद्वारा ५ वटा ऐन प्रमाणीकरण
जलवायु न्यायको विषय हरेक अन्तर्राष्ट्रिय मञ्चहरूमा उठ्न जरुरी छ : राष्ट्रपति पौडेल
आम नागरिकका स्वास्थ्यमा समान पहुँच पुर्याउन आवश्यक : राष्ट्रपति पौडेल
सुशासन र समृद्धिको आकांक्षा पूरा गर्नु नै शहीदप्रतिको सच्चा श्रद्धाञ्जली : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलद्वारा दीप प्रज्वलन गरि सोनाम ल्होसारको शुभारम्भ
राष्ट्रपति पौडेल अस्पताल भर्ना