महासमिति बैठकमा विश्वप्रकाशको प्रश्न– गठबन्धन गरे पनि किन गुम्यो ७ प्रतिशत मत ?

सफल खबर संवाददाता

मंगलबार, ०८ फागुन २०८०, १५ : ४५
महासमिति बैठकमा विश्वप्रकाशको प्रश्न– गठबन्धन गरे पनि किन गुम्यो ७ प्रतिशत मत ?

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चुनावमा गठबन्धन गरे पनि पार्टीले ७ प्रतिशत मत गुमाएको भन्दै नेतृत्वमाथि प्रश्न गरेका छन् ।ललितपुरको गोदावरीमा सोमवारदेखि जारी महासमिति बैठकमा राजनीतिक प्रस्ताव पेश गर्दै उनले यस्तो प्रश्न गरेका हुन् ।

 

‘गठबन्धन गरे पनि ७ प्रतिशत गुमाएको वास्तविक कारण के ?’, उनले मंगलवार सभापति देउवातिर संकेत गर्दै भने, ‘अब यसको पहिचान र निदान गर्नुपर्छ ।’कांग्रेसका परम्परागत मतदाताले रुखबाहेक अन्य चिन्हमा मत दिन पार्टीले गरेको आग्रह नरुचाएको उनको भनाइ छ ।

‘तिनको विश्वासलाई पुनर्जागृत गर्ने प्रश्न हामीसँग छन्,’ उनले थपे ।सो अवसरमा महामन्त्री शर्माले गठबन्धन पूरै ५ वर्ष चल्नुपर्नेमा जोड दिए । यद्यपि, उनले कांग्रेसका केही मन्त्रीको काम प्रभावकारी नदेखिएको आरोप लगाए ।

‘पूरै पाँच वर्ष यो गठबन्धन कायम रहनुपर्छ भन्ने हाम्रो निर्णय एकातर्फ छ । तर अर्कोतर्फ छ– नागरिकको अपेक्षाअनुरुप सरकारको गति प्रभावकारी ढंगले अघि बढ्न नसकेको यथार्थ,’ प्रस्तावमा भनिएको छ, ‘कांग्रेसका के मन्त्रीको कार्यसम्पादन सन्तोषजनक निश्चय नै छ । तर केही मन्त्रीको भूमिका मन्त्रीका रुपमा प्रभावकारी विल्कुलै देखिएको छैन ।’

प्रतिक्रिया दिनुहोस