निर्मला हत्या छानबिन समितिका वीरेन्द्रबहादुर केसीले दिएको राजीनामाबारे छानबिन हुन्छ : गृहमन्त्री थापा

सफल खबर संवाददाता

मंगलबार, २६ भदौ २०७५, १३ : २५
निर्मला हत्या छानबिन समितिका वीरेन्द्रबहादुर केसीले दिएको राजीनामाबारे छानबिन हुन्छ : गृहमन्त्री थापा

बनेपा ।  गृहमन्त्री रामबहादुर थापाले  विकास र समृद्धि राष्ट्रको आवश्यकता भएको बताएका छन् । जिल्ला सहकारी सङ्घ काभ्रे मंगलबार आयोजना गरेको ५१औँ स्थापना दिवस तथा ३७ औँ वार्षिक साधारणसभामा बोल्दै मन्त्री थापाले सो कुरा बताएका हुन् ।

उनले देशको विकास र समृद्धिको अभियानमा सहकारी संस्थाले गरेको क्रियाकलापले महत्वपूर्ण भूमिका पुर्‍याउने विश्वास व्यक्त गरे ।
‘विकास र सृमद्धि भनेको नै सामाजवाद हो यसले मात्रै मुलुकमा आर्थिक परिर्वतन ल्याउन सक्छ,’ उनले भने ।
उनले अब सहकारी संस्थाले उत्पादन र आर्थिक क्षेत्रमा साना–साना पूँजीलाई सङ्कलन गरेर ठूलो पूँजीमा परिणत गर्ने र त्यहीबाट ठूलो व्यवसाय गर्ने बाटोतर्फ उन्मुख हुनुपर्ने बताए ।

कार्यक्रममा जिल्ला सहकारी सङ्घको स्थापनाकालदेखि महत्वपूर्ण योगदान पु¥याउने व्यक्ति र सङ्घरसंस्थालाई सम्मान गरियो । गृहमन्त्री थापाले जिल्ला सहकारी सङ्घले प्रकाशन गरेको सहकारीसम्बन्धी पुस्तक जुइनोको दोस्रो अङ्क विमोचन गरे ।

यसैबीच सोही कार्यक्रमपश्चात पत्रकारसँग सङ्क्षिप्त कुराकानी गर्दै गृहमन्त्री थापाले गृहमन्त्रालयको काम शान्ति सुरक्षा दिने भएकाले निर्मला पन्त हत्याको अनुसन्धानका लागि गठित उच्चस्तरीय छानबिन समितिका सदस्य वीरेन्द्रबहादुर केसीले दिएको राजीनामाको सम्बन्धमा छानबिन गरिरहेको बताए ।

 

 

प्रतिक्रिया दिनुहोस