काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले ‘थर्ड पोल’का रूपमा अघि सारेको समाजवादी मोर्चाको संयोजकमा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव सी चयन भएका छन् ।
आलोपालो नेतृत्वको प्रावधान अनुसार माधव नेपालले छाडेर विप्लवलाई संयोजक बनाइएको हो । मोर्चाको बैठकपछि पत्रकारसँग कुरा गर्दै माओवादी केन्द्रका महासचिव देव गुरुङले अहिलेसम्म ५८ जिल्लामा समाजवादी मोर्चाको संयोजन समिति गठन भएको र देशका प्रमुख सहरमा जनपरिचालनको कार्यक्रम आयोजना गरिने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ फागुन २०८०, १० : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समाजवादी मोर्चाको बैठक सकियो
पेरिसडाँडामा समाजवादी मोर्चाको बैठक जारी
समाजवादी मोर्चाको बैठक जारी
रत्नपार्कबाटअघि बढ्यो समाजवादी मोर्चाको जुलुस
समाजवादी मोर्चाको प्रदर्शन सुरु
भृकुटीमण्डपमा प्रचण्डसहित ४ नेताले मात्रै सम्बोधन गर्ने