‘सन इन सो’ शिर्षकमा ‘इविजा फेसन नाइट २०१८’

सफल खबर संवाददाता

मंगलबार, २६ भदौ २०७५, ०७ : ४७
‘सन इन सो’  शिर्षकमा ‘इविजा फेसन नाइट २०१८’

काठमाडौ । ठमेलको नसिङचोकस्थित ‘इवीजा लाउन्ज’ शनिबार फेसनमय बन्यो । ‘इविजा फेसन नाइट २०१८’ नाम दिइएको फेसन शोमा ‘सन इन सो’ अर्थात ‘हिउँको घाम’ शिर्षकमा ४ फेसन डिजाइनरले तयार पारेका करिब तीन दर्जन फेसनका डिजाइनहरु प्रस्तुत गरिएको थियो ।

विन्टर सिजनको अन्त्यसँगै झिलिमिलि सजावट सहित आयोजना भएको ‘इविजा फेसन नाइट २०१८’मा डिजाइनहरु अलिसा श्रेष्ठ, पूजा ढकाल, समिक्षा मानन्धर, सुचिना श्रेष्ठ र र्याम्प फेसन स्टोर लगायतले तयार पारेका उत्कृष्ट डिजाइनहरु १२ फिमेल तथा ४ मेल मोडलले र्याम्पमा प्रस्तुत गरेका थिए ।

अभिनेत्री स्वस्तिमा खड्का, अन्तराष्ट्रिय मोडल तथा इन्डियाज नेक्स्ट टप मोडलकी फष्टरनर अप सविता कार्की सो टपरको रुपमा रहेको फेसन शोमा श्रृजना रेग्मीको कोरियोग्राफी र २०१० की मिस नेपाल सदीक्षा श्रेष्ठको संचालन रहेको थियो ।

इवीजा लाउन्ज एण्ड बारको आयोजना र नेक्स्ट मोडल्स नेपालको ब्यावस्थापनमा आयोजित फेसन शोले नेपाली फेसन जगतलाई थप उचाही प्रदान गर्न मद्दत पुग्ने आयोजकको भनाई रहेको छ ।

फेसन सो मार्फत नेपाली पहिरन तथा नेपाली मोडलिङ क्षेत्रलाई उचाहीमा पुर्याउन इवीजा फेसन नाइट २०१८ सहायक सिद्ध हुने इवीजा लाउन्जका कार्यकारी निर्देशक राजु दनइले बताए ।

अभिनेत्री संध्या केसी, अभिनेता तथा अन्तराष्ट्रिय मोडल प्रशान्त ताम्राकार, अभिनेता नाजिहर हुसेन लगायत बिभिन्न चर्चित सेलिब्रेटीको पनि कार्यक्रममा सहभागीता रहेको थियो ।

क्रियटिभ स्टेज, अन्तर्राष्ट्रिय स्तरको सजावट र फेसन पारखीको उल्लेखनिय उपस्थिती रहेको फेसन सोले सिङ्गो मोडलिङ जगतलाई समेत उचाही थपेको फेसन शो व्यवस्थापन जिम्मा लिएको नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवी धमलाले बताए ।

प्रतिक्रिया दिनुहोस