चलचित्र ‘गुनगुन’को टिजर सार्वजनिक

सफल खबर संवाददाता

सोमबार, २५ भदौ २०७५, १८ : ०५
चलचित्र ‘गुनगुन’को टिजर सार्वजनिक

काठमाडौं । चलचित्र ‘गुनगुन’को टिजर सार्वजनिक भएको छ । ३० कातिक रिलिज मिति घोषणा गरिएको चलचित्रमा कलाकार पुकार भट्टराइको निर्देशन रहेको  । आइतबार सार्वजनिक टिजरमा सामाजिक कथावस्तुले प्रथामिकता पाएको छ ।

प्राथना फिल्मस्को प्रस्तुतिमा तयार भएको चलचित्रमा  संचिता लुइँटेल, रविन्द्र प्रताप सेन, सुवास मेचे, नविन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारी, सुमेश श्रेष्ठ, राधा दाहाल, भिम मैनाली, बाल्दिप राई, विपिन प्रसाई र स्वयम् निर्देशक भट्टराईको समेत अभिनय रहेको छ ।

हिमाल केसीको द्वन्द, अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायाँकन रहेको चलचित्र अष्ट्रेलियामा सेप्टेम्बर ३० मा वर्ल्ड प्रिमियर हँुदैछ । प्रेम कथामा आधारित यस चलचित्रलाई उपत्यका बाहिर आरआर फिल्मस् र उपत्यकामा सुनिल मानन्धरले वितरण गर्दैछन् ।

कलाकारितामार्फत संगालेको अनुभवलाई आफुले चलचित्रमा उतारेको निर्माता समेत रहेका निर्देशक पुकारले बताए । चलचित्रबाट दर्शकले भरपुर मनोरञ्जन पाउने उनले दाबी गरे ।

 

प्रतिक्रिया दिनुहोस