नारायणी बराहद्वारा प्रायोजित तीज उत्सवमा स्याउलीबजार पहिलो

सफल खबर संवाददाता

सोमबार, २५ भदौ २०७५, १७ : ००
नारायणी बराहद्वारा प्रायोजित तीज उत्सवमा स्याउलीबजार पहिलो

चितवन । नारायणी बराह ज्वेलरीले प्रायोजन गरेको मौलिक तीज उत्सव सोमबार भरतपुरमा सम्पन्न भएको छ । उत्सवको नाममा आयोजित प्रतियोगितामा भरतपुर १० को स्याउलीबजार टोल सुधार समितिले पहिलो स्थान हासिल गरी ५० हजार रुपैयाँ पुरस्कार जित्न सफल भएको छ । 
भरतपुर ९ शरदपुरको रोजगार्डेन पाटी प्यालेसमा आयोजित मैलिक तीज उत्सवमा चित्रवन ईङग्लिस बोर्डिङ स्कुलले दोस्रो स्थान हात पार्दै २५ हजार रुपैयाँ र सृष्टि आमा समूह भरतपुर १३ उज्ज्वल नगरले तेस्रो स्थान हासिल गर्दै १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । 
सान्त्वना पुरस्कार दुई वटा समूहले ५ हजारका दरले पुरस्कार प्राप्त गरेका थिए । उत्सवमा  चितवन र नवपरासीका १५ समूहको सहभागिता रहेको थियो । प्रतियोगिताको निर्णायकमा हिरालाल कंडेल, विशाल ढकाल र नमुना शर्मा रहनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस