काठमाडौं । अध्यागमन विभागले शुक्रबारदेखि ई-भिसा लागू गर्ने भएको छ। ई-भिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी सेवाको औपचारिक शुरुवात गर्न लागेको विभागका महानिर्देशक रुद्रसिंह तामाङले जानकारी दिए।
बढीभन्दा बढी पर्यटक भित्र्याउन र उनीहरूलाई सहजता प्रदान गर्न ई-भिसा लागू गर्न लागेको महानिर्देशक तामाङले बताए। अब नेपाल आउन चाहने पर्यटकलाई भिसाका लागि दूतावास धाउनुपर्ने र विमानस्थलमा लाइन लाग्नुपर्ने बाध्यता हट्ने महानिर्देशक तामाङले बताए।
यो भिसा प्रणाली लागु भएसँगै विदेशी नागरिकले जुनसुकै स्थानबाट भिसाका लागि आफैँ आवेदन गर्न सक्नेछन्। यो सेवाको औपचारिक आरम्भ शुक्रबार बिहान ११ बजे गृहमन्त्री नारायणकाजी श्रेष्ठले गर्ने कार्यक्रम छ।
केही समय अघिदेखि परीक्षणका रूपमा शुरु गरिसकेको सेवा पूर्णरूपमा सफल भएपछि औपचारिकता दिन लागेको महानिर्देशक तामाङले बताए । अध्यागमन विभाग र कार्यालयहरूलाई पूर्णरूपमा प्रविधियुक्त र स्वचालित बनाएको उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ माघ २०८०, १० : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अब रारामा पर्यटक प्रहरी रहने
जनवरीमा करिब ८० हजार पर्यटकले गरे नेपाल भ्रमण
६ महिनामा एक लाख बढीले घुमे चितवन राष्ट्रिय निकुञ्ज
अङ्ग्रेजी नयाँ वर्षमा पनि आएनन् सौराहामा पर्यटक
हप्तामा दुई सय जनाभन्दा बढी पर्यटक सगरमाथा क्षेत्रमा
हप्तामा दुई सय जनाभन्दा बढी पर्यटक सगरमाथामा