काठमाडौं । सन् २०२५ को जनवरी महिनामा करिब ८० हजार पर्यटकले नेपाल भ्रमण गरेका छन् । पर्यटन बोर्डका अनुसार यस महिना ७९ हजार ९ सय ९१ पर्यटक नेपाल भित्रिएका हुन् ।
पर्यटक भित्रिएको यो सङ्ख्या कोरोना महामारी पछिकै सर्वाधिक हो । सन् २०१९ को जनवरीमा ८१ हजार २७३ पर्यटक नेपाल भित्रिएकोमा यस्तो सङ्ख्या सन् २०२० मा ७९ हजार ७०२ रहेको थियो ।
त्यस्तै, सन् २०२१ को जनवरीमा ८ हजार ८६४, सन् २०२२ को जनवरीमा १६ हजार ९७५, सन् २०२३ को जनवरीमा ५५ हजार ७४ र सन् २०२४ को जनवरीमा ७९ हजार १ सय पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
सन् २०२५ को जनवरीमा सबैभन्दा बढी भारतीय पर्यटक नेपाल आएका छन् । यस महिना भारतबाट २० हजार ४८५ जना नेपाल भ्रमणका लागि आएका हुन् । यस अवधिमा चीनबाट ८ हजार १९१ जना र अमेरिकाबाट ८ हजार ६३ जना पर्यटकले नेपाल भ्रमण गरेको पर्यटन बोर्डले जनाएको छ ।
त्यस्तै, सन् २०२५ को जनवरीमा बंगलादेशबाट ५ हजार ४०६ जना पर्यटक नेपाल आउँदा अष्ट्रेलियाबाट ४ हजार ३०१ जना पर्यटक आएका छन् । यसका साथै यस अवधिमा बेलायतबाट ३ हजार ५२१, थाइल्याण्डबाट ३ हजार २१९, भुटानबाट २ हजार ७६८ र जापानबाट १ हजार ५७० जना पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ माघ २०८१, ११ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
६ महिनामा एक लाख बढीले घुमे चितवन राष्ट्रिय निकुञ्ज
अङ्ग्रेजी नयाँ वर्षमा पनि आएनन् सौराहामा पर्यटक
हप्तामा दुई सय जनाभन्दा बढी पर्यटक सगरमाथा क्षेत्रमा
हप्तामा दुई सय जनाभन्दा बढी पर्यटक सगरमाथामा
अन्नपूर्ण क्षेत्रमा अहिले सम्मकै बढी पर्यटक
भारतीय पर्यटकले ठोरी खचाखच