काठमाडौं। नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले कानून निर्माणमा सत्तापक्ष र प्रतिपक्ष नहुने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बुधवार सम्बोधन गर्दै शर्माले परिवर्तनका पक्षधरहरू जनताको पक्षमा निर्माण गरिने कानूनको विपक्षमा लाग्न नहुने बताएका हुन् ।
‘शान्ति प्रक्रियाको जगमा यो सदन बनेको हो । यसलाई छिटो भन्दा छिटो टुंगाउनुपर्छ । कानून निर्माणमा सत्तापक्ष र प्रतिपक्षको हुँदैन’, उनले भने, ‘अहिलेको प्रतिपक्ष गणतन्त्र र सुशासन, नमान्नेको हो ।’
सुशासन, विकास निर्माणसहितका विषयमा कानून बनाउन आवश्यक भएको उनले बताए ।जाजरकोट र रुकुम भूकम्पछि छिटो पुनर्निर्माण गर्नुपर्ने उनले बताए । पुनर्निर्माण गर्न संकटको क्षेत्र घोषणा गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ माघ २०८०, १३ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मूल्य वृद्धिको समस्या उद्योग मन्त्रीले समाधान गर्ने हो : जनार्दन शर्मा
विश्व आर्थिक परिदृश्यलाई विनियोजन विधेयकले ध्यान दिन सकेन : सांसद शर्मा