फुजेल काण्डमा सफाइ पाएका छविलाललाई प्रचण्डले स्वागत गर्ने तयारी !

सफल खबर संवाददाता

आइतबार, २४ भदौ २०७५, २१ : ०९
फुजेल काण्डमा सफाइ पाएका छविलाललाई  प्रचण्डले स्वागत गर्ने तयारी !

काठमाडौं । जिल्ला अदालत चितवनको आदेशपछि फुजेलका कृष्णप्रसाद अधिकारी हत्याको आरोपमा डिल्लीबजार कारागारमा रहेका छविलाल पौडेल रिहा हुने भएका छन् । 
आइतबार जिल्ला अदालत चितवनले १३ अभियुक्तमध्ये पौडेलसहित १२ जनालाई सफाइ दिएको छ । १२ जनालाई सफाइ दिएसँगै छविलाल पौडेल  सोमबार रिहा हुने भएका हुन् । 

सफाइ पाउनेमा डिल्लीबजार कारागारमा रहेका छविलाल पौडेल, रामप्रसाद अधिकारी (क) र (ख), कालिप्रसाद अधिकारी, सीता तिवारी, सुभद्रा तिवारी, बिष्णु तिवारी लगायत रहेको जिल्ला अदालतका श्रेष्तेदार गेहेन्द्रराज पन्तले जानकारी दिए ।

पौडेल जेलमुक्त हुँदा उनलाई स्वागत गर्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैं जाने कार्यक्रम तय भएको प्रचण्ड सचिवालयले जानकारी दिएको छ । प्रचण्ड भोलि बिहान ७ बजे डिल्लीबजार कारागार जाने खुमलटार स्रोतको भनाई छ । 

तत्कालिन नेकपा माओवादी केन्द्रले फुजेल काण्ड द्धन्द्धकालिन मु्द्दा भएकाले सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत टुंगो लगाइनुपर्ने बताउँदै आएको थियो ।
सो विषयमा हाल नयाँ शक्तिमा रहेका बाबुराम भट्टराईले समेत समान धारणा राख्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस