एनआईसी एशिया र एशियन लाईफ ईन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

सफल खबर संवाददाता

आइतबार, २४ भदौ २०७५, १९ : २५
एनआईसी एशिया र एशियन लाईफ ईन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ ।

यस सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको २४४ वटै शाखाहरुबाट सहज रुपमा एशियन लाईफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.मु.प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठले हस्ताक्षर गरे ।

प्रतिक्रिया दिनुहोस