काठमाडौँ । गृह मन्त्रालयले तीन जना सिडिओको सरुवा गरेको छ । मन्त्रालयले मङ्गलवार अपराह्न सिराहासहितका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको हो ।
प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त जानकारी अनुसार सिराहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेलाई गृह मन्त्रालयमा तान्दै मन्त्रालयका वासुदेव दाहाल सिराहाको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।
त्यसैगरी सहसचिव रामकृष्ण अधिकारीलाई नुवाकोटको प्रमुख जिल्ला अधिकारीमा खटाइएको छ । त्यहाँका प्रजिअ सुरेन्द्र पौडेलको सरुवा भएसँगै लमजुङबाट केही दिन अघि मन्त्रालयमा आएका अधिकारीलाई नुवाकोट पठाइएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ माघ २०८०, १९ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहले गर्यो एक सिडिओसहित दुई उपसचिवको सरुवा
सात जिल्लाका सिडिओसहित १३ अधिकारीहरूको सरुवा (सूचीसहित)
गृह मन्त्रालयले गर्यो ६ जिल्लाका सिडिओ परिवर्तन (सूचीसहित)
स्ववियु चुनावको मतगणना नसकिएसम्म सुरक्षा व्यवस्था गर्नू : गृह मन्त्रालय
२०८२ सालमा दिइने सार्वजनिक बिदा राजपत्रमा प्रकाशित (सूचीसहित)
पाथीभरा केवलकार विवादमा गृह मन्त्रालयद्वारा फेरि वार्ता आह्वान