काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा शुक्रबार नेपाल पुलिस क्लब र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ।
यी दुई टोलीबीचको खेल अहिले बिहान सवा ९ बजे मूलपानी क्रिकेट मैदानमा शुरु हुनेछ ।
कर्णालीले टस जितेर पहिले ब्याटिङ रोजेको छ। जारी प्रतियोगितामा अपराजित पुलिस क्लब ५ खेलमा १० अंक जोडेर शीर्ष स्थानमा छ । कर्णाली भने ६ खेलबाट ६ अंकसहित सातौँ स्थानमा छ।
यसअघि बिहीबार भएका खेलमा बागमती प्रदेशले सुदूरपश्चिमलाई ९७ रन, मधेशले गण्डकीलाई १४५ रन र एपीएफले लुम्बिनी प्रदेशलाई ७ विकेटले पराजित गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ माघ २०८०, १० : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री कप क्रिकेट सुरु, उद्घाटन खेलमा दार्चुला विजयी