भैरहवा (रुपन्देही) । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई २५० रनको लक्ष्य दिएको छ ।
रुपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशालामा टस जितेर पहिला ब्याटिङ गरेको पुलिस क्लबले निर्धारित ५० ओभरको खेलमा ६ विकेटको क्षतिमा २४९ रन बनायो ।
पुलिस क्लबका लागि कुशल भुर्तेल र आरिफ शेखले अर्धशतकीय पारी खेले । भुर्तेलले ७५ बलको सामना गर्ने क्रममा ६ चौका र एक छक्काको मद्दतमा ५९ रन बनाए । यस्तै शेखले ७९ बल खेल्दै ५६ रन बनाए । यसमा उनको दुई छक्का समेत सामेल थियो ।
यसैगरी गुलशन झाले अविजित ३६, दिलिप नाथले ३४ तथा अमित श्रेष्ठले २२ रन बनाए ।बलिङतर्फ लुम्बिनी प्रदेशका लागि कृष्ण कार्की र अजय चौहानले तीन तीन विकेट लिए । सोमबारदेखि सुरु भएको प्रधानमन्त्री कप क्रिकेट सात प्रदेश र तीन विभागीय टोली सहभागी छन् । राउण्ड रोबिनका आधारमा खेलाइने प्रतियोगितामा अंकका आधारमा शीर्ष चार टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ फागुन २०८१, १३ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता शुरू
प्रधानमन्त्री कप क्रिकेट सुरु, उद्घाटन खेलमा दार्चुला विजयी