काठमाडौ । सत्ता सहयात्रीका दुई घटक जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीबीचको द्वन्द्वले सत्ता गठबन्धनमा धक्का लागेको छ।
दुई मधेसवादी दलबीचको लफडाले सीके राउत नेतृत्वको जनमत पार्टी मधेस प्रदेश सरकारबाट बाहिरिएसँगै सिंगो गठबन्धनलाई धक्का पुगेको हो।
जनमत पार्टीले मंगलबार मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवलाई दिँदै आएको समर्थन फिर्तासहित सरकारबाट बाहिरिने निर्णय लिएको खबर नेपाल समाचारपत्रमा छ ।
केही समययता तराईको राजनीतिमा पकड जमाएको उपेन्द्र यादव नेतृत्वको जसपा र सिके राउत नेतृत्वको जनमत पार्टीबीच शक्ति संघर्ष चलिरहेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० माघ २०८०, ०८ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोर्चा गठनको तयारीमा मधेस केन्द्रित दलको बैठक बस्दै
मधेसमा मन्त्रिपरिषद् विस्तार, कांग्रेसका चार र लोसपाका एक मन्त्रीले लिए शपथ
मधेस प्रदेश सरकारको बजेट खर्च ५६ प्रतिशत
मधेसमा ‘लू’को खतरा, गृह मन्त्रालयले गर्यो यस्तो परिपत्र
मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा.साह नियुक्त