‘एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्प’को उपाधि सुवेदीलाई

सफल खबर संवाददाता

शुक्रबार, २२ भदौ २०७५, १९ : २८
‘एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्प’को उपाधि सुवेदीलाई

चितवन । चितवनमा भएको ‘एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्प’ को उपाधि अरोमा कलेज भरतपुरका चिन्तामणी सुवेदीले जितेका छन् ।

शुक्रबार भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा भएको फाईनल प्रतिस्पर्धामा १९ जना प्रतियोगिलाई पछि पार्दै सुवेदी प्रथम भए । उनले ३६१ अंक प्राप्त गरे । यस्तै प्रतियोगितामा वाल्मीकि शिक्षा सदन भरतपुरकी छात्रा साधना पौडेल द्धितिय भईन् । उनले ३४९ अंक प्राप्त गरिन् । त्यस्तै न्यू क्यापिटल कलेज रत्ननगरकी ज्योति शर्मा तृतीय भईन् । उनले ३४६ अंक प्राप्त गरिन् । प्रतियोगिताका विजेता सुवेदीलाई नगद १५ हजार र ट्रफी, द्धितिय स्थान हासिल गरेकी पौडेललाई नगद १० हजार र ट्रफी, तृतीय स्थान हासिल गरेकी शर्मालाई नगद ५ हजार र ट्रफी प्रदान गरिएको कार्यक्रम संयोजक विमोचन आचार्यले जानकारी दिए । फाईनल प्रतिस्पर्धाका लागि २० जना विद्यार्थी आफ्नो प्रस्तुती देखाएका थिए । फाईनल प्रतिस्पर्धाको निर्णायकहरुमा सन्तोष सिग्देल, मनोज घिमिरे, रोहित मल्ल र सविता अधिकारी रहेका थिए ।

ह्याण्ड इन ह्याण्ड इभेन्ट्सको आयोजनामा भएको प्रतियोगितालाई एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले मूख्य प्रायोजन गरेको थियो भने निप्पोन एजुकेशनल सेन्टरले सहकार्य गरेको थियो ।

प्रतियोगिताको अडिसनमा ४ सय भन्दा बढि विद्यार्थीहरु सहभागि भएका थिए । फाईनल प्रतिस्पर्धाको विनोद पौडेलले समुद्घाटन गरेका थिए । उद्घाटन सत्रमा एक्सपर्ट एजुकेशन एण्ड भिर्सा सर्भिसेस चितवनका निर्देशक डिल्लीराम अधिकारी, प्रोफेशर डा.होमबहादुर बस्नेत, अभिभावक रश्मीकान्त चालिसेलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम संयोजक विमोचन आचार्य अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस