काठमाडौँ । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्ताहरूलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका छन् । पर्वतको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै देउवाले पार्टीभित्र सबैले एकैपटक टिकट नपाउने भएकाले मिलेर अघि बढ्नुपर्ने बताए ।
उनले भने, ‘अहिले कांग्रेससामु चुनौतीको सामना गर्दै अवसर सदुपयोग गर्दै अघि बढ्न सके आगामी दिनमा बलियो बन्न सक्छौं । अहिले एक भएर पार्टी अगाडि बढाउन लाग्नुपर्छ । एक बहुमत नभएपनि त्यसको हाराहारीमा ल्याउन सक्छौं । सबैले टिकट पाउँदैनन् । समानुपातिक र समावेशीताको आधारमा मिलाएर जानुपर्छ । पार्टीभित्रको चुनावमा पनि समावेशीताको आधारमा हुन्छ ।’
उनले आज अवसर नपाउनेले भोलि पाउने भएकाले टिकट वितरण उचित मूल्याङ्कनको आधारमा हुने बताए । चुनौतीहरूको सामना गर्न राष्ट्रियसभामा पनि गठबन्धनलाई अगाडि लिएर बढ्नुपरेको सुनाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ माघ २०८०, १९ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली, देउवा र प्रचण्ड एकैठाउँमा
देउवा, ओली र प्रचण्डबिच छलफलको तयारी
देउवाले बोलाए पदाधिकारी बैठक
जनताको मायाले नै कांग्रेस सबैभन्दा लोकप्रिय बन्यो: देउवा
चुनावमा बहुमत ल्याउने परिस्थिति छैन, बढी सिट जित्ने तयारीमा लागौं : देउवा
देउवा-ओली ट्युनिङ थप सशक्त