काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी लाइसेन्सको समस्या समाधान उन्मुख रहेको बताएका छन् । आइतबार मन्त्रालयमा प्रदेश सरकारका भौतिक मन्त्रीहरूसँगको समन्वय बैठकमा बोल्दै उनले पुरानो ठेक्का ट्र्याकमा ल्याइएको र अब ६ लाख कार्ड तत्काल छपाइमा जान लागेको दाबी गरेका छन् ।
कुल पेन्डिङ १४ लाख कार्ड मध्ये पहिलो ६ लाख तत्काल छापिने र अर्को ६ लाख क्रमशः छपाइ गर्ने गरी ट्र्याकमा लिइएको उनको भनाई छ । साथै १६ लाख नयाँ कार्ड छपाइका लागि ठेक्का प्रक्रिया अगाडि बढेको र यसले लाइसेन्समा रहेको समस्या स्थायी रूपमा समाधान हुने उनले दाबी गरे ।
नक्कली लाइसेन्स काण्डमा छानबिन समिति बनाएर काम थालिएको उनले जानकारी दिए । यातायात व्यवस्था विभाग र मन्त्रालय दुवै निकायबाट छानबिन भइरहेको उनको भनाइ छ ।
नक्कली लाइसेन्स काण्डमा दोषी ठहरिए कसैले पनि उन्मुक्ति नपाउने उनले बताए । उनले भने, ‘बदमासी गर्नेहरूलाई कानुनी दायरामा ल्याउँछौँ, अख्तियार, सीआईबीबाट पनि अनुसन्धान हुन्छ, यसको निष्पक्ष छानबिन हुन्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ माघ २०८०, १५ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संविधान संशोधनबारे बहस चलाऔँ : प्रकाश ज्वाला
एमालेले माग्यो मन्त्री प्रकाश ज्वालाको राजीनामा
बेनी-जोमसोम-कोरला सडक निर्माणलाई गति दिन मन्त्री ज्वालाको निर्देशन
यातायात क्षेत्र व्यवस्थित बनाउन प्रदेशका मन्त्रीहरूसँग छलफल गर्दैछु : मन्त्री ज्वाला
नारायणगढ-बुटवल सडक खण्डमा कामले गति लिएको छ : प्रकाश ज्वाला
बालकुमारी घटनामा मेरो सम्बन्ध छैन : मन्त्री ज्वाला