काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा बागमती प्रदेशविरुद्ध कोशी प्रदेशका ब्याटर सुजन थपलियाले अर्धशतक पूरा गरेका छन् ।
बागमतीले दिएको २७४ रनको विशाल लक्ष्य पछ्याएको कोशीका लागि थपलियाले ६० बलमा ३ छक्का र ३ चौका प्रहार गर्दै ५० रन बनाएका हुन् । यसअघि उनले पुलिसविरुद्धको खेलमा शानदार शतक प्रहार गरेका थिए ।
बागमती सँगको खेलमा यसअघि कोशीका कप्तान अंकित सुवेदीले पनि ५३ रनको अर्धशतकीय पारी खेलेका थिए । ४ खेलमा जिनविहीन रहेको कोशी आज पहिलो जितको खोजीमा रहेको छ भने बागमती तेस्रो जित निकाल्ने सोचमा छ ।
ताजा अवस्थामा कोशीले ३३ ओभरमा ५ विकेट गुमाएर १४४ रन जोडेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ माघ २०८०, १५ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री कप क्रिकेट सुरु, उद्घाटन खेलमा दार्चुला विजयी