रोटरीको स्टेशनरी तथा खेलकूदका सामग्री वितरण कार्यक्रम

सफल खबर संवाददाता

विहीबार, २१ भदौ २०७५, १७ : ०९
रोटरीको स्टेशनरी तथा खेलकूदका सामग्री वितरण कार्यक्रम

चितवन । नारायणगढ रोटरी क्लबले इच्छाकामना गाउँपालिका, वडा नम्बर ७  खेतबारीमा अवस्थित रोटरी सामुदायिक गाउँको राष्ट्रिय आधारभूत विद्यालयलाई तीस हजार रुपैयाँ बराबरको खेलकूद तथा स्टेशनरी सामग्रीहरू वितरण गरेको छ ।
हरेक वर्ष विद्यार्थीहरूलाई आवश्यक कापी, कलमका साथै विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै खेलकूदका सामानहरू वितरण गर्दै आइरहेको क्लबका अध्यक्ष रोटरियन रमेश पौडेलले बताए । कार्यक्रमका प्रमुख अतिथि एवम् संस्थापक अध्यक्ष रोटरियन निरञ्जन प्रधानले विद्यार्थीहरूलाई सहयोग सामग्री वितरण गरेका थिए । रोटरियन सुसनलाल प्रधान संयोजक रहेको उक्त कार्यक्रममा उपाध्यक्ष रोटरियन अरुणकुमार खनालले स्वागत मन्तव्य राखेका थिए ।
विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बरालले विद्यालयको भौतिक सुधार तथा विद्यार्थीहरूको बौद्धिक विकासमा नारायणगढ रोटरी क्लबले पु¥याएको योगदानको प्रशंसा गर्दै आगामी दिनहरूमा पनि क्लबले न्यूनतम आवश्यकताहरू पुरा गर्ने विश्वास व्यक्त गरे । सोही कार्यक्रममा वाइन टु वाटरका तर्पmबाट सो संस्थाका प्रतिनिधि एवम् क्लबका सदस्य रोटरियन गुणेश्वर महतोले विद्यार्थीहरूका लागि आवश्यक दशहजार रुपैयाँ बराबरको थप सामग्रीहरू वितरण गरेका थिए ।
    

 

प्रतिक्रिया दिनुहोस