आजदेखि पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

सफल खबर संवाददाता

विहीबार, २१ भदौ २०७५, १६ : ०८
आजदेखि पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

काठमाडौं । नेपाल आयल निगमले आजदेखि पेट्रोल, डिजेल, मट्टीतेल र एलपी ग्यासको मुल्य बढाएको छ । पेट्रोलमा लिटरको १ रुपैयाँ, डिजेल र मट्टीतेलमा लिटरको ३ रुपैयाँ तथा एलपी ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ मुल्य बढेको निगमले जनाएको छ ।मुल्य बढेपछि अब पेट्रोल लिटरको १ सय १२ रुपैयाँ, डिजेल र मट्टीतेल ९८ रुपैयाँ तथा खाना पकाउने ग्यासको मूल्य १४ सय रुपैयाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य बढेको तथा अमेरिकन डलरको तुलनामा नेपाल र भारतीय रुपैयाँको अवमूल्यन भएकाले मुल्य बढाउनु परेको निगमका निर्देशक एवं प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस