काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशलाई ७ विकेटले पराजित गर्दै मधेश प्रदेशले विजयी सुरुवात गरेको छ। शनिबारबाट सुरु भएको प्रतियोगिताको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कोशीले दिएको १ सय २८ रनको लक्ष्य मधेसले २०.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो।
कोशीका लागि कप्तान अंकित सुवेदीले ४० तथा फिर्दोस अन्सारीले ४१ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो स्कोरमा रन बनाउन सकेनन्। मधेसका लागि प्रदीप पाश्वानले ३ विकेट लिँदा पवन सर्राफ, रञ्जीतकुमार र राजेश यादवले समान २–२ विकेट लिए। त्यस्तै, विशाल पटेलका नाममा १ विकेट रह्यो।
१ सय २८ रनको लक्ष्य पछ्याएको मधेसले २०.१ ओभरमा नै ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। मधेसको जितमा अनिल साहले ८८ रनको सानदार अर्धशतकीय इनिङ खेले। उनले ५४ बलको सामना गर्दै १४ चौका र ३ छक्का प्रहार गरेका थिए।
त्यस्तै, अर्का ओपनर तथा कप्तान हरिशंकर साहले २४ रन बनाए। अनिल र हरिशंकरले पहिलो विकेटका लागि ८३ रनको साझेदारी गरेका थिए। कोशीका लागि सोनु मण्डलले २ विकेट लिँदा सुजन थपलियाले १ विकेट लिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ पुस २०८०, १४ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री कप क्रिकेट : अपराजित पुलिस र आर्मीबिच आज उपाधि भिडन्त
प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिममाथि एपीएफको जीत
प्रधानमन्त्री कप क्रिकेट : आज कोशी र लुम्बिनी तथा एपीएफ र सुदूरपश्चिम भिड्ने
प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम र आर्मी तथा गण्डकी र पुलिस भिड्ने
प्रधानमन्त्री कप क्रिकेट : कर्णालीले पुलिसलाई दियो १७२ रनको लक्ष्य
प्रधानमन्त्री कप क्रिकेट : आज पुलिस र कर्णाली भिड्ने