रौतहट । आम जनता पार्टी (आजपा) ले आउँदो ११ माघमा मधेस बन्दको घोषणा गरेको छ । ‘बैंकले लिइरहेको मनोमानी ब्याज फिर्ता, लघुबित्त तथा सहकारीबाट लिएको कर्जा माफी तथा आम जनतालाई सहज कर्जा उपलब्ध गराउन’ माग गर्दै आजपाले ११ माघमा मधेश बन्द गर्ने घोषणा गरेको हो ।
आजपा मधेस प्रदेश कमिटी र बैंक तथा वितिय पीडित संघर्ष समितिले मधेस बन्दको घोषणा गरेको हो । यि बिभिन्न माग गर्दै आजपाले यस अघि मधेस प्रदेशको राजधानी जनकपुरधाममा विरोध प्रदर्शन गरेको थियो ।
सरकारसंग यि माग गर्दै आजपाले यथासिघ्र सम्बोधन गर्न आग्रह गरेको थियो । तर सरकारले आफूहरुको माग सम्बोधन गर्ने बिषयलाई गम्भिर रुपमा नलिएको भन्दै आजपाले आम हडताल गर्ने अवस्थामा पुगेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ पुस २०८०, १३ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौंमा खबरदारी सभा गर्दै आजपा
आजपाले चैत २४ गते काठमाडौँमा प्रदर्शन गर्ने
एनसेलबारे मन्त्रिपरिषद्को निर्णयमा आजपाको आपत्ति
आजपाले बोलायो केन्द्रीय समिति बैठक
आजपाद्वारा भन्सार कानुनविरुद्ध चौथो चरणको आन्दोलन सुरु
आजपा र समाजवादी जनएकता पार्टीबीच एकीकरण