काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको मति अझै नसुध्रिएको टिप्पणी गरेका छन् । पार्टी निकट विद्यार्थी विशेष कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै मति ठिक नभएसम्म कम्युनिस्टहरू मिल्ने भनेर नहुने तर्क गरे ।
उनले भने, ‘ओली राष्ट्रिय सभाको चुनावको बेलामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कहाँ गएर हामीलाई ६ सीट दिनुस्, काँग्रेसलाई १३ सीट दिनुस् तपाई ५ सीट लिनुस् भनेछन् । एकीकृत समाजवादीलाई जिरो सीट दिने रे । भनेपछि अझै उनको मति सप्रिएको छैन। कम्युनिस्टहरू मिलुन् मात्रै भनेर हुँदैन ।’
विचार, दृष्टिकोण र व्यवहार गलत भएसम्म देश र जनतालाई केन्द्रविन्दुमा राखेर जुध्न तयार रहेको बताए । ओलीले ‘प्रचण्ड’माथि हैकम चलाउन खोजेपछि एमाले नेतृत्वको गठबन्धन नटिकेको स्मरण समेत गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ पुस २०८०, १६ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओलीले २८ वैशाखमा संसद्मा जवाफ दिने
प्रधानमन्त्री ओलीसँग सुदूरपश्चिमका मुख्यमन्त्री र पूर्वमुख्यमन्त्रीको भेटवार्ता
प्रधानमन्त्रीद्वारा पुल्चोक-गोन्द्राङ-६ लेन सडकको उद्घाटन, देश विकासमा पूर्वाग्रह नराख्न आग्रह
सरकार ढल्ने हल्ला र चर्चाका पछाडि कुनै सत्यता छैन: प्रधानमन्त्री ओली
द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन सकिँदैन: प्रधानमन्त्री ओली
संयन्त्र डाकेर छलफल गर्न ओली-देउवा तयार