काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्थाको कुरा गर्नु लोकतन्त्रको विरोध गर्नु नभएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै राजसंस्थाको कुरा गर्नु प्रजातन्त्रको विरोध गर्यो भन्ने गलत भाष्य निर्माण भइरहेको बताए ।
उनले भने, ‘राजसंस्था र प्रजातन्त्र एकअर्काका विकल्प होइनन्, दुनियाँका धेरै समृद्ध देशहरू छन्, जहाँ लोकतन्त्र र राजसंस्था सँगसँगै छन् । त्यसैले राप्रपाले यहाँ राजसंस्थाको पक्षमा कुरा गर्नु लोकतन्त्रको विरुद्धमा होइन । यो गलत भाष्य निर्माण नगरियोस् ।’
लोकतन्त्रको पक्षमा को छ भन्ने कुरा व्यवहारमा देखाउनुपर्ने बताए । उनले सरकारले अहिले विपक्षीहरूलाई निरंकूशतावादी व्यवहार देखाएको आरोप लगाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ बैशाख २०८२, १५ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सीमा तोकेर नागरिकलाई रोक्न खोज्नु निरङ्कुशता : लिङ्देन
बालुवाटार घेरेर भात पानी बन्द गरिदिन सक्ने लिङ्देनको चेतावनी
जनताले चाहे गणतन्त्र जान्छ, नहोच्याउनुस् : राजेन्द्र लिङ्देन
राजेन्द्र लिङ्देनले हिरासतमा पुगेर भेटे मिश्र र राणालाई
राजेन्द्र लिङ्देनलाई उचालेर कमल थापाको चलाखी !
कुलमानका विषयमा ऊर्जामन्त्रीले सदनमा झुट बोले : राजेन्द्र लिङ्देन