काठमाडौँ । कर्णाली प्रदेशबाट राष्ट्रिय सभामा उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका उम्मेदवार विष्णु विश्वकर्माविरुद्ध उजुरी गरेको छ । सत्तारुढ गठबन्धनकातर्फबाट दलित समूहतर्फ आइतबार उम्मेदवारी दिएका विश्वकर्माविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो ।
नेकपा एमालेका उम्मेदवार हिक्मतबहादुर विकले उजुरी दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । माओवादी उम्मेदवार विश्वकर्माको नाम समानुपातिक बन्द सूचीमा रहेकाले उनको उम्मेदवारी खारेज हुनुपर्ने उजुरीमा उल्लेख छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा कर्णाली प्रदेशमा महिला, दलित र अन्यतर्फ गरी सत्ता गठबन्धन र नेकपा एमालेका तर्फबाट गरी दुई-दुई जनाको उम्मेदवारी परेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ पुस २०८०, ११ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभाको बैठक एक घण्टाका लागि स्थगित
राष्ट्रिय सभामा ५ वटा अध्यादेश प्रतिस्थापन विधेयक पारित गर्ने कार्यसूची
राष्ट्रिय सभामा आज पनि विपक्षीको अवरोध
सहकारी सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक राष्ट्रिय सभाबाट स्वीकृत
महिनावारी विभेदको अन्त्यसम्बन्धी संकल्प प्रस्ताव राष्ट्रिय सभामा पेस
राष्ट्रिय सभाको बैठक बस्दै