पाटन । पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिमा विश्वसनीयता महत्वपूर्ण हुने बताएका छन् । नेपाली कांग्रेस ललितपुर क्षेत्र नं ३ को प्रदेश (ख) क्षेत्रीय कार्यसमितिद्वारा आज यहाँ आयोजित ‘सङ्गठन शुद्धीकरणका लागि परिकल्पना’ विषयक प्रशिक्षण कार्यक्रममा नेता सिंहले सो कुरा बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने– ‘राजनीतिमा खोला तरेपछि लौरो बिर्सने प्रवृत्ति हुनुहुँदैन ।’
संविधानसभाबाट संविधान जारी भएपछिको निर्वाचनमा कम्युनिष्ट पार्टीहरु सरकारमा सामेल भएका तर उनीहरुले स्थानीय सरकारलाई सुदृढ बनाउनुको सट्टा सत्ताको खिचातानीमा लागेर अहिलेको अवस्था सृजना भएको बताए । “तीनवटै तहका सरकारलाई बलियो बनाउनुपर्नेमा उनीहरु संसद् भङ्ग गर्नतिर लागे”, नेपाली कांग्रेसको नेतृत्वमा जारी भएको संविधानलाई जोगाउन पार्टी क्रियाशील हुनुपर्नेमा जोड दिँदै उनले भने ।
बागमती प्रदेशका उपसभापति तथा संविधानसभा सदस्य चन्द्र महर्जनले अनुशासित भएर प्रशिक्षणमा सहभागी हुन कार्यकर्तालाई निर्देशन दिँदै टोल समितिसम्म कार्यकर्तालाई सक्रिय रहन अनुरोध गरे । उनले कार्यकर्तालाई देशको संविधान र पार्टीको विधान अध्ययन गर्न सुझाव दिए ।
ललितपुर जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठले प्रशिक्षणले आगामी दिनमा सफल नेतृत्व स्थापित गर्ने बताउँदै सङ्गठन बिना पार्टी सुदृढीकरणको परिकल्पना गर्न नसकिने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ पुस २०८०, १५ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लोकतान्त्रिक व्यवस्था बलियो बनाउन बलियो कांग्रेस जरुरी छ : नेता सिंह
प्रकाशमान सिंहको स्वास्थ्यवस्था बुझ्न कांग्रेस नेताहरू भारतमा
उपचारका लागि कांग्रेस नेता सिंह दिल्ली प्रस्थान
संसदीय छानबिन समिति नबनाएसम्म कांग्रेस पछि हट्दैन : नेता सिंह
जोशी कांग्रेसको इतिहासलाई जीवन्त राख्ने व्यक्ति हुनुहुन्थ्यो : प्रकाशमान सिंह
जिम्मेवारीबाट भागेर प्रवृत्तिबारे कांग्रेस सचेत हुनुपर्छ : नेता सिंह