काठमाडौँ । कोरिया रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा आवेदनसम्बन्धी विषयमा ललितपुरको ग्वार्कोमा शुक्रबार भएको प्रदर्शनमा दुई जनाको मृत्यु भएको घटनाप्रति गृह मन्त्रालयले दुः ख व्यक्त गरेको छ।
गृहका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले शुक्रबार अपराह्न विज्ञप्ति जारी गर्दै भौतिक तथा मानवीय क्षतिप्रति मन्त्रालयले दुःख व्यक्त गरेको उल्लेख गरेका छन्।
ग्वार्कोमा इपिएस परीक्षाका लागि आवेदन दिन आएकाहरू र प्रहरीबीच झडप हुँदा दुई जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा २३ वर्षीय सुजन राउत र २२ वर्षीय वीरेन्द्र साह छन्। सुजनको इमाडोलस्थित किष्ट अस्पतालमा र वीरेन्द्रको पाटन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
गृह प्रवक्ता भट्टराईले यस अवस्थामा संयमता अपनाएर शान्ति कायम गर्न पनि अनुरोध गरेको छन्। ‘इपिएस कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर जम्मा भएका व्यक्तिहरूको प्रदर्शन, अवरोध, तोडफोड, आगजनी तथा आर्थिक, भौतिक एवं मानवीय क्षतिप्रति मन्त्रालय दुःख व्यक्त गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस अवस्थामा संयमता अपनाई शान्ति कायम गर्न सम्बन्धित सबैमा अनुरोध छ।’
यस्तै मन्त्रालयले यसबारे छानबिन गरी ७ दिनभित्र प्रतिवेदन बुझाउन समिति समेत गठन गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ पुस २०८०, १९ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहले गर्यो एक सिडिओसहित दुई उपसचिवको सरुवा
सात जिल्लाका सिडिओसहित १३ अधिकारीहरूको सरुवा (सूचीसहित)
गृह मन्त्रालयले गर्यो ६ जिल्लाका सिडिओ परिवर्तन (सूचीसहित)
स्ववियु चुनावको मतगणना नसकिएसम्म सुरक्षा व्यवस्था गर्नू : गृह मन्त्रालय
२०८२ सालमा दिइने सार्वजनिक बिदा राजपत्रमा प्रकाशित (सूचीसहित)
पाथीभरा केवलकार विवादमा गृह मन्त्रालयद्वारा फेरि वार्ता आह्वान